ad ad

ग्लोबल


मोदीको शपथ मिति परिवर्तन, आइतबार साँझ

मोदीको शपथ मिति परिवर्तन, आइतबार साँझ

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १९:०, काठमाडौँ

लगातार तेस्रोपटक भारतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीले शपथ खाने मिति परिवर्तन गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीको शपथ समारोहको नयाँ मिति जुन ९ तारिख (आइतबार) हो। उनले जुन ९ साँझ ६ बजे शपथ खाने कार्यक्रम छ। यसअघि जुन ८ शनिबार शपथ खाने खबर सार्वजनिक भएको थियो। 

स्रोतका अनुसार लोकसभा चुनावमा भाजपाबाट चुनाव जितेका सबै मन्त्री यसपटक पनि दोहोरिनेछन्।

विवादमा परेका अनुहारको नाम मन्त्री पदको सूचीबाट हटाइने सम्भावना छ।

पार्टीले चुनाव हारेका स्मृति इरानी र राजीव चन्द्रशेखरलाई अर्को मौका दिन सक्छ। उनीहरूले फेरि मन्त्री पद पाउनेछन्।

नड्डाको निवासमा भाजपा नेताहरूको बैठक
दिल्लीमा भाजपा अध्यक्ष जेपी नड्डाको घरमा एउटा महत्त्वपूर्ण बैठक बसेको थियो। जसमा अमित शाह र राजनाथ सिंह पनि सहभागी भएका थिए।

बैठकमा नयाँ सरकार गठन, भाजपा र उसका सहयोगीलाई मन्त्रिपरिषद्‌मा स्थान दिने, शपथ तयारीलगायत धेरै विषयमा छलफल भयो। 

यसपटक भाजपासँग बहुमत छैन, तर उसको नेतृत्वमा रहेको एनडीए गठबन्धनले बहुमत पाएको छ। 

लोकसभा चुनावमा भाजपा एक्लैले २४० सिट मात्र जित्यो। यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो।

तर, एनडीएले २९३ सिटका साथ बहुमत पाएको छ। भाजपाबाहेक एनडीएमा १४ सहयोगी दलका ५३ सांसद छन्।

सरकार गठनका लागि उनीहरूको समर्थन आवश्यक छ। 

चन्द्रबाबुको टीडीपी १६ सिटका साथ गठबन्धनको दोस्रो ठूलो पार्टी हो भने नितिशको जेडीयू १२ सिटका साथ तेस्रो ठूलो पार्टी हो।

यो बेला भाजपाका लागि दुवै दल आवश्यक छन्। उनीहरूबिना भाजपालाई सरकार बनाउन गाह्रो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .