ad ad

ग्लोबल


मोदीको शपथ शनिबार हुने सम्भावना, नेपालसहित यी देशलाई निमन्त्रणा पठाउने तयारी

मोदीको शपथ शनिबार हुने सम्भावना, नेपालसहित यी देशलाई निमन्त्रणा पठाउने तयारी

नेपालखबर
जेठ २४, २०८१ बिहिबार ७:१४, काठमाडौँ

भारतमा भर्खरै सम्पन्न १८औँ लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएले बहुमत ल्याएको छ। 

२९३ सिट जितेको एनडीएले बुधबार कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चुनिसकेको छ। एनडीएमा आबद्ध सबै दलले मोदीलाई समर्थन पत्र बुझाइसकेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार अब मोदीले लगातार तेस्रो कार्यकालका लागि यही जुन ८ का दिन प्रधानमन्त्री पदको शपथ लिने सम्भावना छ। 

यसैबीच शपथ समारोहलाई भव्य बनाउन तयारी भइरहेको छ। शपथ समारोहमा नेपालसहित बंगलादेश, श्रीलंका, भुटान र मौरिससका सरकार प्रमुखलाई बोलाउने सम्भावना छ। 

औपचारिक निमन्त्रणा भने आज (बिहीबार) पठाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मोदीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोनमा कुरा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .