ad ad

ग्लोबल


केजरीवाल पक्राउप्रति प्रियंका गान्धी: भारतको इतिहासमा यस्तो लाजमर्दो दृश्य पहिलोपटक

केजरीवाल पक्राउप्रति प्रियंका गान्धी: भारतको इतिहासमा यस्तो लाजमर्दो दृश्य पहिलोपटक

फाइल तस्बिर : नरेन्द्र मोदी र प्रियंका गान्धी


नेपालखबर
चैत ९, २०८० शुक्रबार १०:५०, काठमाडौँ

भारतीय कांग्रेस नेतृ प्रियंका गान्धीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गिरफ्तारलाई गलत र असंवैधानिक भनी टिप्पणी गरेकी छन्।

उनले भनिन्, ‘चुनावका कारण दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई यसरी निशाना बनाउनु पूर्णतया गलत र असंवैधानिक छ। यसरी राजनीतिको स्तर तल झर्नु प्रधानमन्त्री (नरेन्द्र मोदी) र उहाँको सरकारलाई सुहाउँदैन। चुनावी मैदानमा आफ्ना आलोचकहरूसँग साहसपूर्वक प्रतिस्पर्धा गर्नुहोस्, तिनका नीति र कार्यशैलीमा आक्रमण गर्नुहोस्– पक्कै पनि लोकतन्त्र भनेको यही हो। तर राज्य शक्ति प्रयोग गरेर आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न यसरी दबाउनु लोकतन्त्रको मर्म होइन, यो लोकतन्त्रका हरेक सिद्धान्तविपरीत हो।’

उनले थपिन्, ‘देशको सबैभन्दा ठूलो प्रतिपक्षी दल कांग्रेसको बैंक खाता रोक्का गरिएको छ, सबै राजनीतिक दल र तिनका नेताहरू दिनरात ईडी, सीबीआई, आईटीको दबाबमा छन्, एक मुख्यमन्त्री जेलमा परेका छन्, अब अर्को मुख्यमन्त्रीलाई जेल हाल्ने तयारी हुँदैछ। भारतको स्वतन्त्र इतिहासमा यस्तो लाजमर्दो दृश्य पहिलोपटक देख्न पाइयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .