ad ad

ग्लोबल


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गिरफ्तार

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गिरफ्तार

फाइल फाेटाे


नेपालखबर
चैत ८, २०८० बिहिबार २१:४९, काठमाडौँ

प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सी नीति मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ। उनी आम आदमी पार्टीका नेता हुन्।

ईडीको टोली बिहीबार साँझ ७ बजे पक्राउ पुर्जी लिएर केजरीवालको घर पुगेको थियो। दुई घन्टा सोधपुछपछि अनुसन्धान एजेन्सीले राति ९ बजे उनलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। उनलाई पक्राउ गर्न ईडीका १२ जना अधिकारी उनको घरमा पुगेका थिए।

हाल खारेज गरिएको दिल्ली मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो।

यसैबीच दिल्लीका मन्त्री आतिशीले केजरीवाल दिल्लीको मुख्यमन्त्री रहिरहने दाबी गरेका छन्। हिरासतबाटै सरकार चलाउने उनको भनाइ छ। 

गिरफ्तारीबाट जोगिनका लागि केजरीवालले दिएको निषेधाज्ञाको निवेदन पनि बिहीबार दिल्ली उच्च अदालतले खारेज गरिदिएको थियो। उच्च अदालतको निर्णयविरुद्ध केजरीवालको कानुनी टोलीले सर्वोच्च अदालतमा अपिल पनि गरेको छ।

आम आदमी पार्टीले बीजेपीले आफ्ना विपक्षीलाई तह लगाउन सरकारी अनुसन्धान संयन्त्रको दुरुपयोग गरिरहेको आरोप लगाउँदै आएको छ।

दिल्ली सरकारले १७ नोभेम्बर २०२१ मा मदिरा बिक्रीको सम्पूर्ण अधिकार निजी क्षेत्रलाई सुम्पिने गरी नयाँ नीति ल्याएको थियो। उक्त नीतिका कारण दिल्ली सरकारलाई २८ हजार करोड घाटा भएको प्रवर्तन निदेशालयको दाबी छ। 

दिल्ली सरकारले गत वर्षको जुलाई ३१ मा सो नीति खारेज गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .