रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा राष्ट्रपति जो बाइडेन मन पर्ने बताएका छन्।
बुधबार एक अन्तर्वार्तामा उनले आफूले ट्रम्पभन्दा बाइडेनलाई प्राथमिकता दिने बताएका हुन्।
यस क्रममा पुटिनले आफू कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न इच्छुक रहेको पनि बताए।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार पुटिनलाई सोधिएको थियो– रुसका लागि डेमोक्रेट बाइडेन कि रिपब्लिकन ट्रम्प राम्रो?
पुटिनले जवाफ दिए, ‘बाइडेन। उहाँ धेरै अनुभवी हुनुहुन्छ, उहाँलाई के गर्नुपर्छ भन्ने कुरा थाहा छ।’
अमेरिकामा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुँदै छ।
यसपटक अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन र ट्रम्प आमनेसामने हुन सक्ने अनुमान गरिएको छ।
पुटिनले अमेरिकी चुनावको सन्दर्भमा पनि बोल्दै थिए।
पुटिनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्रपतिसँग काम गर्न तयार रहेको बताए।
पुटिनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा टिप्पणी गरेको यो पहिलो पटक हो।
Shares
प्रतिक्रिया