ad ad

ग्लोबल


आगामी राष्ट्रपति निर्वाचनको मत सर्वेक्षणमा बाइडेनभन्दा ट्रम्प अगाडि

आगामी राष्ट्रपति निर्वाचनको मत सर्वेक्षणमा बाइडेनभन्दा ट्रम्प अगाडि

नेपालखबर
पुस १, २०८० आइतबार १२:१७, काठमाडौँ

अमेरिकामा अब करिब १० महिनापछि हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि गरिएको पछिल्लो सर्वेक्षणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई ओझेलमा पारेका छन्। 

सीएनएनको पछिल्लो मतदाता सर्वेक्षणमा, ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी बाइडेनलाई ती राज्यमा पछि पारेको देखिन्छ जहाँ प्रत्येक चुनावमा बहुसंख्यक मतदाताको प्राथमिकता परिवर्तन भइरहेका छन्।

आगामी राष्ट्रपति चुनावमा यी राज्यको भूमिका निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

उक्त सर्वेक्षणअनुसार डोनाल्ड ट्रम्प जर्जिया (५ प्रतिशतले अघि), मिसिगनमा (१० प्रतिशतले अगाडि), नेभाडा, एरिजोना, विस्कन्सिन र पेन्सिलभेनियाजस्ता राज्यमा राष्ट्रपति बाइडेनभन्दा ट्रम्प अगाडि रहेको बीबीसीले उल्लेख गरेको छ। 

सन् २०२० को चुनावमा जो बाइडेनले यी ६ राज्यमा जित हासिल गरेका थिए। अमेरिकाको राष्ट्रपति बन्न ट्रम्पले यीमध्ये कुनै एक राज्यमा जित्नुपर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .