ग्लोबल


पाँच तहको सुरक्षा घेरा तोडेर भारतीय संसद्‌मा कसरी प्रवेश गरे प्रदर्शनकारी?

पाँच तहको सुरक्षा घेरा तोडेर भारतीय संसद्‌मा कसरी प्रवेश गरे प्रदर्शनकारी?

नेपालखबर
मंसिर २८, २०८० बिहिबार ९:२१, काठमाडौँ

भारतमा संसद् आक्रमणको २२औँ वर्षगाँठमा सुरक्षा व्यवस्थामा ठूलो लापरबाही भएको छ।

बुधबार लोकसभा चलिरहेका बेला आगन्तुक दुई युवा ग्यालरीबाट हाम फाले। उनीहरूले स्प्रे गरेपछि सदनमा पहेँलो धुवाँ फैलियो र भागदौड मच्चियो। पछि सुरक्षाकर्मीले ती दुवै जनालाई पक्राउ गरेका थिए। उनीहरूको नाम सागर शर्मा र डी मनोरञ्जन हो।

घटनामा ६ जना संलग्न थिए, जसमध्ये ४ जना पक्राउ परेका छन् भने बाँकी २ जनाको खोजी जारी रहेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

खालिस्तानी आतंकवादी गुरपतवन्त सिंह पन्नुले भारतीय संसद्‌मा आक्रमण गर्ने धम्की दिएका थिए। उनले यही डिसेम्बर १३ वा त्यसअघि संसद्‌को जग हल्लाउने चेतावनी दिएका थिए।

त्यसयता दिल्ली पुलिस अलर्टमा थियो। तैपनि, ५ तहको सुरक्षा तोडेर प्रदर्शनकारीहरू बुधबार लोकसभामा प्रवेश गरेका हुन्।

वास्तवमा पुरानो संसद् भवनमा १३ डिसेम्बर २००१ मा ५ आतंककारीले आक्रमण गरेका थिए। जसमा दिल्लीका ५ प्रहरीसहित ९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .