ad ad

ग्लोबल


क्यालिफोर्नियामा सीसँग भेटपछि बाइडेनले फेरि भने– उनी ‘तानाशाह’ नै हुन्

क्यालिफोर्नियामा सीसँग भेटपछि बाइडेनले फेरि भने– उनी ‘तानाशाह’ नै हुन्

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार ८:५२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति सी चिनफिङ ‘तानाशाह’ भएको आरोप दोहोर्‍याएका छन्। 

बीबीसीका अनुसार एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीसँग क्यालिफोर्नियामा भेटपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफमा बाइडेनले सी तानाशाह भएको आरोप दोहोर्‍याएका हुन्। 

बाइडेनले भने, ‘उनी यस अर्थमा तानाशाह हुन् कि उनले यस्तो देशको सत्ता सम्हालेका छन्, त्यो कम्युनिस्ट देश हो, जसको सरकार हाम्रोभन्दा पूर्णतया फरक प्रणालीमा आधारित छ।’ 

यसअघि गत जुनमा बाइडेनले सीलाई तानाशाह भन्दै हंगामा मच्चाएका थिए।

उनको भनाइपछि चीनले उक्त टिप्पणीलाई ‘वाहियात र गैरजिम्मेवारपूर्ण’ भनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .