ad ad

ग्लोबल


चीनका लागि जासुसी गरेको कसुरमा पूर्वसीआईए अधिकृतलाई १० वर्ष जेल सजाय

अमेरिकी नागरिक मा हङकङमा जन्मिएका थिए
चीनका लागि जासुसी गरेको कसुरमा पूर्वसीआईए अधिकृतलाई १० वर्ष जेल सजाय

नेपालखबर
भदौ २७, २०८१ बिहिबार ११:५४, काठमाडौँ

अमेरिकामा चीनको लागि जासुसी गरेको कसुरमा सीआईए (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी अर्थात् केन्द्रीय गुप्तचर संस्था) का एकजना पूर्वअधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ।

बीबीसीका अनुसार उक्त सजाय सुनाइएका ७१ वर्षीय अलेकजेन्डर युक चिङ माले एफबीआई (फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन) का एजेन्टलाई गोप्य अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेपछि उनलाई सन् २०२० को अगस्टमा पक्राउ गरिएको थियो। 

मा अमेरिकी नागरिक हुन् भने उनको जन्मचाहिँ हङकङमा भएको थियो। उनले १९८२ र १९८९ बीचमा सीआईएमा र त्यसपछि एफबीआईमा काम गरेका थिए।

सम्झौताको एक भागका रूपमा दायर गरिएको उनको निवेदनमा आफ्नो बाँकी जीवनमा अभियोजन पक्षलाई सहयोग गर्ने वाचा गरेका थिए, जसमा सरकारी एजेन्सीका प्रश्नका जवाफ समावेश थिए।

उनलाई सजाय सुनाउन अदालतमा बुधबार बहस भएको थियो। जसमा अमेरिकी सरकारका तर्फबाट उपस्थित वकिलहरूले उनले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएका थिए।

अधिकारीहरूका अनुसार माले सीआईए एजेन्टका एक आफन्तसँग साँठगाँठ गरी सांघाई राज्य सुरक्षा ब्युरोस्थित गुप्तचर अधिकारीसम्म अमेरिका सम्बन्धी गोप्य सूचनाहरू पुर्‍याए।

संघीय अभियोजकहरूका भनाइमा हङकङमा भएको एक बैठकमा रेकर्ड गरिएको भिडिओले माले गोप्य सूचनाहरूको बदलामा प्राप्त गरेको ५० हजार डलर नगद गनिरहेको देखाउँछ।

१९८२ देखि नै अमेरिकी गुप्तचर संस्था सीआईएमा काम गरेका उनी २००४ मा हवाईमा रहँदा उनी अमेरिकी गुप्तचर संस्था एफबीआईमा भर्ना भएका थिए।एफबीआईलाई उनको गतिविधिमा पहिले नै शंका लागिरहेको थियो।

समाचार एजेन्सी एपीका अनुसार अन्य कुनै आफन्त नभएका माका एकजना भाइको पनि मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .