ad ad

ग्लोबल


चीनलाई गोप्य सूचना बेचेको आरोप स्वीकार गरे यी अमेरिकी सैनिकले

हङकङमा बस्ने एक व्यक्तिसँग मिलेर गरेका थिए सूचना चोर्ने षड्यन्त्र
चीनलाई गोप्य सूचना बेचेको आरोप स्वीकार गरे यी अमेरिकी सैनिकले

नेपालखबर
साउन ३०, २०८१ बुधबार १९:३६, काठमाडौँ

अमेरिकी सेनाका एक सदस्यले चीनलाई गोप्य दस्तावेज बेचेको आरोप स्वीकार गरेका छन्।

बीबीसीका अनुसार अमेरिकी कानुन मन्त्रालय (न्याय विभाग) ले उक्त जानकारी दिएको हो।

अभियुक्त सैनिक सर्जेन्ट कोर्बिन शुल्ट्ज सेनामा विश्लेषकका रूपमा काम गरिरहेका थिए।

एफबीआई र अमेरिकी सेनाको गुप्तचर निकायले गरेको अनुसन्धानपछि उनलाई मार्चमा पक्राउ गरिएको थियो।

उनीविरुद्ध ४२ हजार अमेरिकी डलर बराबरको धेरै संवेदनशील र गोप्य सूचना बेचेको आरोप छ।

यो सम्पूर्ण षड्यन्त्र जुन २०२२ मा सुरु भएको अधिकारीहरूले बताएका छन्। सार्जेन्ट कोर्बिन शुल्ट्जलाई जनवरी २०२५ मा सजाय सुनाइनेछ।

अदालतका कागजातहरूका अनुसार, शुल्ट्जलार्ई गोप्य सूचनासम्म पुग्न सुरक्षा मन्जुरी प्राप्त थियो। उनले हङकङमा बस्ने एक व्यक्तिसँग मिलेर यो सूचना चोर्ने षड्यन्त्र गरेका थिए। 

अदालतको अभिलेखअनुसार हङकङमा बस्ने एक व्यक्तिले शुल्ट्जलाई मिसाइल रक्षा र मोबाइल आर्टिलरी प्रणालीसँग सम्बन्धित जानकारी संकलन  गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .