ad ad

ग्लोबल


जेल बसेकालाई मन्त्री बनाएको भन्दै अदालतद्वारा थाइल्यान्डका प्रधानमन्त्री पदच्युत

जेल बसेकालाई मन्त्री बनाएको भन्दै अदालतद्वारा थाइल्यान्डका प्रधानमन्त्री पदच्युत

नेपालखबर
साउन ३०, २०८१ बुधबार १९:४१,

थाइल्यान्डको अदालतले प्रधानमन्त्री श्रेत्था थविसिनलाई पदच्युत गरिदिएको छ। उनले जेल बसेका व्यक्तिलाई मन्त्री बनाएर संविधानको उल्लंघन गरेको भन्दै अदालतले सो आदेश दिएको हो।

सोही अदालतले एक साताअघि गत चुनाव जितेको मुभ फरवार्ड पार्टी भंग गरिदिएको थियो।

संवैधानिक अदालतका ९ मध्ये ५ न्यायाधीशले उनलाई हटाउनुपर्ने पक्षमा मत दिएका थिए।

गत १६ वर्षमा सोही अदालतले बर्खास्त गरेका प्रधानमन्त्रीको संख्या ४ पुगिसकेको छ। पछिल्लो फैसलाले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्न सक्ने विश्लेषण गरिएको छ।

खासगरी सेना, राजावादी र व्यापारीहरुको सानो समूहले थाइल्यान्डको राजनीतिमा रजगज चलाउँदै आएको छ। उनीहरुकै इसामा दर्जनौँ नेताहरुले प्रतिबन्ध झेलेका छन् भने अदालत र राजाद्वारा अनेकपटक कु हुने गरेको छ।

अब नयाँ सरकारका लागि उनको पार्टीले नयाँ उम्मेदवार तय गर्नेछ। जसलाई ५ सय सदस्यीय संसदले चुन्नेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .