ग्लोबल


शेख हसिनाविरुद्ध सुनाइयो फाँसीको सजाय

शेख हसिनाविरुद्ध सुनाइयो फाँसीको सजाय

नेपालखबर
मंसिर १, २०८२ सोमबार १४:४८, काठमाडौँ

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै सोमबार मृत्युदण्डको सजाय सुनाएको छ।

शेख हसिनालाई गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको मुद्दा लगाइएको थियो।

भारतमा निर्वासनमा बसिरहेकी शेख हसिनाको अनुपस्थितिमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।

४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो ६ भागमा दिइने बताए।

पाँचवटा मुद्दामध्ये दुईवटामा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने अर्को मुद्दामा उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। पूर्वप्रहरी महानिरीक्षक अब्दुल्लाह अल मनुनलाई सरकारी साक्षी बनेपछि पाँच वर्षको जेल सजाय सुनाइएको छ।

फैसलाको घोषणा बंगलादेश टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

बंगलादेशमा सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि हसिनाको १५ वर्षे लामो शासन अन्त्य भएको थियो। 

भिडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेकी थिइन्। अहिले उनी भारतमा लुकेर बसेकी छन्। 

उनले विद्यार्थी विद्रोह दबाउँदा झन्डै १ हजार ४०० जना मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad