अमेरिकाका वाणिज्य मन्त्री हावर्ड लुटनिकले भारत सरकारले आगामी एक वा दुई महिनामा व्यापार सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गर्ने दाबी गरेका छन्।
लुटनिकले शुक्रबार ब्लुमबर्ग टीभीलाई दिएको अन्तर्वार्तामा उक्त दाबी गरेका हुन्।
उनलाई सोधिएको थियो- भारतसँग आगामी एक वा दुई महिनामा शुल्क घटाउने कुनै सम्झौता हुने सम्भावना देख्नुहुन्छ?
जवाफमा उनले भने, ‘विश्वको सबैभन्दा ठूलो ग्राहकसँग लडाइँ गर्न धेरै राम्रो लाग्छ। तर अन्तमा तपाईंका आफ्नै कम्पनीहरूले भन्नेछन्- धेरै भयो, अब ट्रम्पसँग सम्झौता गर्नुहोस्।’
लुटनिकले अगाडि भने, ‘यसैले मलाई लाग्छ, अर्को एक वा दुई महिनामा भारत अमेरिकासँग सम्झौता गर्न तयार हुनेछ। उनीहरू (भारत) हामीसँग माफी माग्नेछन् र डोनाल्ड ट्रम्पसँग सम्झौता गर्न प्रयास गर्नेछन्।’
उनले थपे, ‘र, यो डोनाल्ड ट्रम्पमा निर्भर हुनेछ- उनी मोदीसँग कस्तो प्रकारको सम्झौता गर्न चाहन्छन्। त्यसैले उनी राष्ट्रपति हुन्।’
Shares

प्रतिक्रिया