ग्लोबल


अमेरिकाले आजदेखि भारतलाई लगायो ५० प्रतिशत कर

अमेरिकाले आजदेखि भारतलाई लगायो ५० प्रतिशत कर

नेपालखबर
भदौ ११, २०८२ बुधबार ८:५१, काठमाडौँ

अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज अगस्ट २७ देखि लागु गर्ने जनाएको छ। 

अमेरिकाले आज बिहान सूचना जारी गरी भारतबाट आफ्नो देश आउने सामानमा अबदेखि कुल ५० प्रतिशत कर लाग्ने जनाएको हो।

पहिले २५ प्रतिशत र पछि थपिएको समेत भारतसँग निर्यातबापत अमेरिकाले कुल ५० प्रतिशत कर लिने भएको हो।

सूचनामा भनिएको छ, ‘२०२५ अगस्ट २७ वा यसपछि प्रयोगका लागि आउने वा गोदामबाट बाहिर निकालिने कुनै पनि भारतीय सामान यो बढेको करको दायरामा पर्नेछ।’

भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा सहयोग पुर्‍याइरहेकाले ५० प्रतिशत कर लगाइएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। 

भारतले भने ट्रम्पको यो निर्णयलाई 'अनुचित र तर्कहीन' भनेको छ। 

भारतविरुद्ध अमेरिकी करको शृंखला
अप्रिल २०२५ : राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २६ प्रतिशत कर लगाउने घोषणा गरे तर पछि यो निर्णय ९० दिनका लागि स्थगन गरे।

जुलाई २०२५ : राष्ट्रपति ट्रम्पले अगस्ट १ देखि भारतीय सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरे।

अगस्ट २०२५ : यसपछि ट्रम्पले थप २५ प्रतिशत कर लगाउने घोषणा गरे र कुल करको दर ५० प्रतिशत भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad