अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका सामानमा थप २५ प्रतिशत भन्सार महसुल लगाएका छन्।
यो नयाँ शुल्क पहिले नै लगाइएको २५ प्रतिशत करमा थपिनेछ र भारतलाई कुल ५० प्रतिशत भन्सार लाग्नेछ।
त्यसपछि ह्वाइट हाउसको पत्रकार सम्मेलनमा ट्रम्पलाई सोधियो, ‘चीनलगायत धेरै देशले रुसबाट तेल किनिरहेका छन्, भारतविरुद्ध मात्र किन निसाना?’
जवाफमा, ट्रम्पले भने, ‘अहिले त ८ घण्टा मात्र भएको छ। अब के हुन्छ हेरौँ। तपाईंले धेरै कुरा देख्न पाउनुहुनेछ। धेरै थप प्रतिबन्ध पनि देख्न सकिन्छ।"
ट्रम्पलाई थप प्रश्न गरियो, ‘चीनमा पनि थप कर लगाउने योजना छ?’
उनले जवाफ दिए, ‘यो हुन सक्छ। यो हामीले अब के कदम चाल्छौँ भन्ने कुरामा निर्भर गर्दछ।’
भारतलाई पहिले अमेरिकाले ब्राजिलमा ५० प्रतिशत कर लगाएको छ। यो अमेरिकाको अधिकतम कर हो।
324
Shares

प्रतिक्रिया