ग्लोबल


धर्म परिवर्तनका लागि ​छान्गुर बाबाले नेपालको बाटो हुँदै ३०० करोड भारत भित्र्याएको दाबी

धर्म परिवर्तनका लागि ​छान्गुर बाबाले नेपालको बाटो हुँदै ३०० करोड भारत भित्र्याएको दाबी

जलालुद्दिन उर्फ ​​छान्गुर बाबा


नेपालखबर
असार २७, २०८२ शुक्रबार १४:२४, काठमाडौँ

उत्तर प्रदेशको आतंकवादविरोधी टोली (एटीएस) ले शुक्रबार एक सनसनीपूर्ण खुलासा गरेको छ।

एटीएसलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम हिन्दुस्तानले लेखेको छ, ‘जलालुद्दिन उर्फ ​​छान्गुर बाबाले विगत तीन वर्षमा लगभग ५०० करोड रुपैयाँ बराबरको विदेशी रकम प्राप्त गरेका छन्। यसमध्ये २०० करोड रुपैयाँ आधिकारिक बैंकिङ च्यानलमार्फत भारत आइपुगेको थियो भने ३०० करोड रुपैयाँ अवैध हवाला च्यानलमार्फत नेपालबाट भारत ल्याइयो। यो पैसा मुस्लिम देशहरूबाट आएको हो। यो पैसा भारतमा धर्म परिवर्तन गराउने उद्देश्यले छान्गुर बाबालाई पठाइएको थियो।’

एटीएसको अनुसन्धानले काठमाडौँ, नवलपरासी, रुपन्देही र बाँकेजस्ता नेपालका सीमावर्ती जिल्लामा १०० भन्दा बढी बैंक खाता खोलिएको र तिनमा पैसा जम्मा गरिएको दाबी गरेको छ।

रकम पाकिस्तान, दुबई, साउदी अरेबिया र टर्कीजस्ता मुस्लिम बहुल देशबाट आएका थिए। यी खाताबाट पैसा नेपालका स्थानीय एजेन्टमार्फत भारत पठाइएको थियो। बदलामा एजेन्टहरूले बदलामा ४-५ प्रतिशत कमिसन लिन्थे। धेरैपटक पैसा क्यास डिपोजिट मेसिन (सीडीएम) मार्फत जम्मा गरिएको थियो। नेपालबाट भारत आएपछि बलरामपुर, श्रावस्ती, बहराइच, लखीमपुरजस्ता जिल्लामा स्थानीय मुद्रा विनिमयकर्ताहरूमार्फत रकमलाई भारतीय मुद्रामा रूपान्तरण गरिएको थियो। बिहारका मधुबनी, सीतामढी, पूर्णिया, किशनगंज, चम्पारण र सुपौल जिल्लाका एजेन्टहरू पनि यस अवैध कोष सञ्जालमा संलग्न रहेको पाइएको दाबी एटीएसले गरेको छ। 

अयोध्यामा सबैभन्दा धेरै कोष

एटीएसका अनुसार, धेरैजसो विदेशी कोष अयोध्या जिल्लामा पुग्यो, जहाँ हिन्दु युवतीहरूलाई धर्म परिवर्तन गराइएको आरोप छ। छान्गुर बाबा र उनका सहयोगीहरूसँग जोडिएका ४० बैंक खाताको अनुसन्धान सुरु भएको छ।

अनुसन्धानका क्रममा नवीन रोहराका छवटा बैंक खातामा ३४.२२ करोड र नसरीनका खातामा १३.९० करोड भेटिएको पुष्टि भएको छ। एटीएसले १० वर्षको आयकर रेकर्ड पनि खोजेको छ। छान्गुर बाबाको दुबई, शारजाह वा यूएईमा बैंक खाताहरू हुन सक्ने पनि आशंका गरिएको छ। जसको अनुसन्धान भइरहेको छ।

अवैध बंगलामा बुलडोजर
बलरामपुरमा ५ करोड रुपैयाँको लागतमा बनाइएको छान्गुर बाबाको बंगला भत्काइएको छ। यो बंगला सरकारी जग्गामा अवैध रूपमा बनाइएको थियो।

४० कोठाको यो दरबारजस्तो घरमा मार्बल सुरक्षा गेट, विदेशी फर्निचर, सीसीटीभी कमान्ड रुम र आधुनिक सुविधा थिए। बंगला भत्काउन १० बुलडोजर खटाइएको थियो र तीन दिनको अपरेसनमा यसलाई जमिनमा पुर्‍याइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad