भुटानविरुद्ध खेल्दै नेपाली महिला युवा टोलीले साफ यू-२० महिला च्याम्पियनसिपको सुरुवात गर्दैछ। बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा हुने खेल साँझ पौने ७ बजे सुरु हुनेछ।
आजै हुने पहिलो खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकाविरुद्ध खेल्नेछ। राउन्ड रोविनको दोस्रो खेलमा नेपालले आइतबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ।
१५ जुलाइमा श्रीलंकासँग खेल्ने तालिका छ। १७ जुलाइमा नेपालले पुनः श्रीलंकासँग खेल्नेछ। १९ मा भुटान र अन्तिम खेलमा २१ जुलाइमा बंगलादेशसँग खेल्ने तालिका छ।
खेलहरू डबल राउन्ड रोविनका आधारमा हुनेछ। लिग चरणको सबै खेलपछि सर्वाधिक अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।
नेपाली टोलीः गोलरक्षकः लिला जोशी, करुणा बुढाथोकी, सुजता तामाङ
डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सानिहाङग्मा लिम्बू, सिम्रन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिसा राई, सीता रोकाया
फरवार्डः कुसुम खतिवडा, सुकृया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर
Shares

प्रतिक्रिया