ग्लोबल


प्रतिनिधि सभाबाट पनि पास भयो ‘बिग ब्युटीफुल बिल’, राष्ट्रिय राजनीतिमा ट्रम्पको ‘जित’

प्रतिनिधि सभाबाट पनि पास भयो ‘बिग ब्युटीफुल बिल’, राष्ट्रिय राजनीतिमा ट्रम्पको ‘जित’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
असार २०, २०८२ शुक्रबार ८:३१, काठमाडौँ

राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसँग सम्बन्धित विधेयक  (बिग ब्युटीफुल बिल) अमेरिकाको कंग्रेस (प्रतिनिधि सभा) ले पनि पास गरेको छ। 

यसलाई अमेरिकाको राष्ट्रिय राजनीतिमा ट्रम्पको विजयका रूपमा हेरिएको छ।

बीबीसीका अनुसार अमेरिकाको प्रतिनिधि सभाले बिहीबार दिउँसो २१८ को विरुद्ध २१४ मतले ट्रम्पको विधेयक पारित गरेको हो। 

यसअघि यो विधेयक मंगलबार सिनेटबाट पास भएको थियो।

राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टी नियन्त्रित कंग्रेसलाई जुलाई ४ सम्म हस्ताक्षर गरी कानुन बनाउन समयसीमा दिएका थिए।

कंग्रेसको बजेट कार्यालयले यो विधेयकले आगामी १० वर्षमा संघीय घाटा ३.३ ट्रिलियन डलर बढाउन सक्ने अनुमान गरेको छ। 

साथै यसले लाखौँ मानिसलाई स्वास्थ्य बिमाबाट वञ्चित गर्ने आशंका पनि गरिएको छ। तर यो कुरा ह्वाइट हाउसले अस्वीकार गरेको छ।

विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पले बिहीबार साँझ पत्रकारहरूलाई भने, ‘यो विधेयकले यस देशलाई द्रुत गति दिनेछ।’

उनले थपे, ‘यो देशका लागि एक महान् विधेयक हुनेछ।’

यो विधेयक जुलाई ४ मा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि कानुन बन्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad