ग्लोबल


अहमदाबाद विमान दुर्घटनाबारे औपचारिक अनुसन्धान सुरु

अहमदाबाद विमान दुर्घटनाबारे औपचारिक अनुसन्धान सुरु

अहमदाबादमा विमान दुर्घटना हुँदा देखिएको धुवाँको मुस्लो।


नेपालखबर
जेठ ३१, २०८२ शनिबार ८:३६, काठमाडौँ

यही जुन १२ तारिख (जेठ २९) गुजरातको अहमदाबादमा २४१ जनाको मृत्यु हुने गरी भएको एयर इन्डिया विमान दुर्घटनाबारे भारत सरकारले  औपचारिक अनुसन्धान थालेको छ। 

देशका नागरिक उड्डयन मन्त्री राम मोहन नायडु किन्जारापुले विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले दुर्घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको जानकारी दिएका हुन्। 

उनले सामाजिक सञ्जालमा एक्समा भनेका छन्, ‘विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) ले निर्धारण गरेको प्रोटोकलअन्तर्गत दुर्घटनाको औपचारिक अनुसन्धान सुरु गरेको छ।’

सँगसँगै सरकारले यस विषयमा विस्तृत रूपमा अनुसन्धान गर्न विभिन्न विषयका विज्ञहरूको उच्चस्तरीय समिति गठन पनि गठन गर्ने उनले बताएका छन्। 

उनले भनेका छन्, ‘यो समितिले उड्डयन सुरक्षा सुदृढ पार्न र भविष्यमा यस्ता घटना हुन नदिन काम गर्नेछ।’

गत बिहीबार दिउँसो अहमदाबादस्थित सरदार बल्लव भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट चालक दलसमेत २४२ जना यात्रु बोकेर लन्डनका लागि उडेको २ मिनेटभन्दा कम समयमै एयर इन्डियाको विमान बोइङ ७८७-८ ड्रिमलाइनर घना बस्ती भएको क्षेत्रमा खसेको थियो। 

दुर्घटनामा एक यात्रु मात्र बाँच्न सफल भए भने अरू सबैको मृत्यु भयो। त्यति मात्र होइन, विमान खसेकाे भवनमा बसेका धेरै जनाको मृत्यु भयो। हालसम्म २७० शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

उक्त दुर्घटना अनुसनधानमा सघाउन बेलायती अनुसन्धानकर्ताहरूको टोली पनि अहमदाबाद आइपुगेको छ।

शुक्रबार मात्र त्यस विमानको ब्ल्याक बक्स फेला परेको छ। यसले विमानको दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्ने विज्ञहरूले बताएका छन्। यसबीच भारतका कतिपय उड्डयन विज्ञले चरामा ठोकिएर पो विमान खसेको हो कि भन्ने आशंका पनि गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad