समाज


ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

नेपालखबर
जेठ ३१, २०८२ शनिबार ८:५४, सुर्खेत

जाजरकोटका ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते भएका छन्। 

शुक्रबार नलगाड नगरपालिका ७ खगेनकोटस्थित डोल्पा–जाजरकोट सडकखण्डमा भे १ त ८७११ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

जिप्रका जाजरकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले दुर्घटनामा नलगाड नगरपालिका–७ बगरा बस्ने अन्दाजी १८ वर्षीय विनोद परियारको मृत्यु भएको जानकारी दिए।

जाजरकोटको दल्लीबाट कायाखेततर्फ सरिया बोकेर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा हुँदा उनी गम्भीर घाइते भएका थिए। अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको हो। 

उनलाई उपचारका लागि रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारी लगिएको थियो। अस्पताल भर्ना गर्ने बित्तिके चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

यस्तै, दुर्घटनामा परेर सोही वडाको चामाखेत निवासी अन्दाजी १८ वर्षीय जयबहादुर परियार घाइते भएका छन्। उनलाइ थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad