पाकिस्तानसँग सैन्य टकराब परिरहेका बेला पन्जाब, जम्मु कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका गरी २४ भारतीय विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन्।
नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले देशभरका सबै एयरलाइन्स र विमानस्थललाई सुरक्षा उपाय बढाउन निर्देशन दिएको छ।
निर्देशनअनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको माध्यमिक भर्याङ पोइन्ट जाँच (एसएलपीसी) गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ।
एयर मार्सल पनि तैनाथ गरिने भनिएको छ।
एयर इन्डियाले बीसीएएसलाई उद्धृत गर्दै एक्समा लेखेको छ- अब घरेलु यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्नेछ र चेक-इन ७५ मिनेट अगाडि बन्द हुनेछ।
738
Shares

प्रतिक्रिया