ग्लोबल


उपराष्ट्रपति भान्सले भने: भारत–पाकिस्तान युद्धमा अमेरिका सामेल हुँदैन

उपराष्ट्रपति भान्सले भने: भारत–पाकिस्तान युद्धमा अमेरिका सामेल हुँदैन

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ४:५९, काठमाडौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीच जारी द्वन्द्वमा आफ्नो देश सामेलन नहुने बताएका छन्। 

फक्स न्युजसँगको अन्तर्वार्तामा भान्सले भनेका छन्, ‘हामीले गर्न सक्ने भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहन गर्ने कोसिस हो, तर मूल रूपमा हामी युद्धमा सहभागी भइरहेका छैनौँ। त्यो हाम्रो काम होइन।’

उनले अगाडि भनेका छन्, ‘यसको यो मुद्दालाई नियन्त्रण गर्ने अमेरिकाको क्षमतासँग कुनै सम्बन्ध छैन... हामी कूटनीतिक माध्यमबाट यस मुद्दामा हाम्रा प्रयास जारी राख्नेछौँ।’

यस अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबीचको यो तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा पनि व्यक्त गरेका छन्।

अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा आक्रमण हुँदा जेडी भान्स आफ्ना श्रीमती र बच्चाहरूसहित भारत भ्रमणमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad