ग्लोबल


पाँच सय नयाँ विमान किन्दै एयर इन्डिया

पाँच सय नयाँ विमान किन्दै एयर इन्डिया

नेपालखबर
मंसिर २६, २०७९ सोमबार ११:५४, काठमाडौँ

भारतीय एयरलाइन्स कम्पनी एयर इन्डियाले पाँच सय नयाँ विमान किन्ने तयारी गरेको छ।

एयरबस र बोइङबाट कम्पनीले पाँच सयसम्म नयाँ विमान किन्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। टाटा ग्रुपको स्वामित्वमा आएपछि कम्पनीको तर्फबाट महत्वपूर्ण निर्णय लिइएको कम्पनीका एक स्रोतले बताएका छन्। 

समाचारमा उल्लेख गरिएअनुसार कम्पनीले चार सय न्यारोबडी र एक सय वा सोभन्दा धेरै वाइडबडी विमान खरिदको निर्णय भएको हो। अहिले खरिद गर्न लागिएका विमानमा एयरबस ३५० र बोइङ ७८७ र ७७७ मोडलका विमान रहेका छन्।

यद्यपि विमान खरिदको लागि सम्झौता भने हुन बाँकी रहेको स्रोतको भनाइ छ। 

उक्त संख्यामा विमान खरिदका लागि करिब एक खर्ब डलरबराबरको रकम आवश्यक पर्ने अनुमान छ।

यस विषयमा एयरबस र बोइङले भने प्रारम्भिक चरणमा कुरा भएको वा नभएको भन्ने विषयमा कुनै पनि जानकारी दिएका छैनन्।

गत साता मात्र चीनले आफ्नो पहिलो सी९१९ विमानको पहिलो डेलिभरी दिएको अवस्थामा एयरबस र बोइङले ठूलो सम्झौता पाउन लागेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad