ad ad

ग्लोबल


केन्याका नेपालीबीच दशैँको शुभकामना आदान प्रदान

केन्याका नेपालीबीच दशैँको शुभकामना आदान प्रदान

नेपालखबर
असोज २२, २०७६ बुधबार १५:४२,

गैर आवासीय नेपाली संघ केन्याको आयोजनामा विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ केन्याका उपाध्यक्ष शिवलाल अधिकारीको संयोजनमा भएको सो कार्यक्रमको सञ्चालन महासचिव टिका थितालले गरेका थिए भने महिला संयोजक कुमारी जिसीले स्वागत गरेकी थिइन्।

विविध सांस्कृतिक तथा खेलकुदका कार्यक्रमसहित शुभकामना आदान–प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष कुलबहादुर कार्की, सदस्य यादब काफ्ले,  निवर्तमान अध्यक्ष कृष्णदत्त भट्ट, सल्लाहकार धनेन्द्र बस्नेत, सचिव लक्ष्मी बुलन, कार्यकारणी सदस्य डा. सीताराम घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सांस्कृतिक कार्यक्रमको सञ्चालन कविता अधिकारी र राजन अधिकारीले गरेका थिए भने ब्यवस्थापनमा सल्लाहकार कृष्ण गैरे, युवा संयोजक कमल अधिकारी, गोबिन्द भुसाल र सन्तोश कडेलले गरेका थिए।

कार्यक्रममा दशैँको टिका ग्रहण पुर्णिमाको दिन हुने जानकारी गराईएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .