ad ad

ग्लोबल


आमाले सानोमा खुवाउने खाना पकाउँदा सन्तोष ‘मास्टर सेफ युके’को उपाधि नजिक

आमाले सानोमा खुवाउने खाना पकाउँदा सन्तोष ‘मास्टर सेफ युके’को उपाधि नजिक

नेपालखबर
पुस २, २०७७ बिहिबार ७:१५,

सन्तोष बुधबार रातिको प्रतिस्पर्धापछि अन्तिम ३ मा पुगेका हुन्। आमाप्रति समर्पित खानाले उनलाई उपाधि नजिक पुर्याएको हो।

शिरमा भादगाउँले टोपी लगाएर प्रतिस्पर्धामा उत्रिएका सन्तोषले बुधबार राति आमाले सानोमा पकाउने खान पुरी, आँपको अचार, भुटेको खुर्सानी र भिन्डी, भातजस्तै भुटेको चिउरा, गंगटाको सुप पकाएका थिए।

सन्तोषको यो खानाले निर्णायकहरु भुतुक्कै भएका थिए। खाना बनाइरहँदा सन्तोषले आफू १२ वर्षको हुँदा खोलामा र कुला खन्ने मजदुरी गर्ने गरेको र उनी आमाले यस्तै खान ल्याइदिने बताएका थिए।No description available.

आमाले सन्तोषलाई टिफिनमा खाना ल्याइदिन्थिन्। उनले पनि निर्णायकलाई टिफिन बक्समै खानेकुरा पस्किएका थिए।

आमा आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण व्यक्ति भएको बताउँदै सन्तोषले उक्त खाना आमाप्रति समर्पण गरेका थिए।

आमाले साँच्चै सन्तोषलाई मिठो खानेकुरा खान दिएकी रहिछिन् भन्दै निर्णायकहरुले उनकी आमाको प्रशंसा गरेका थिए।

सन्तोषले यस प्रतिस्पर्धामा नेपालको पहिचान झल्काउने ढाका टोपी, भादगाउँले टोपी लगाउने अनुमति पाइसकेका छन्। उनी बुधबार पनि भादगाउँले टोपीमा प्रस्तुत भएका थिए।

मास्टर सेफ युकेको उपाधिका लागि बुधबार राति प्रतिस्पर्धा हुँदैछ। सन्तोषले अन्तिम प्रतिस्पर्धामा ढाका टोपी लगाउँनेछन्।

Final 3

Posted by Santosh Shah on Wednesday, December 16, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .