ad ad

ग्लोबल


बीबीसी मास्टर सेफको फाइनलमा नेपाली सेफ सन्तोष साह

बीबीसी मास्टर सेफको फाइनलमा नेपाली सेफ सन्तोष साह

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ४:३७,

नेपाली सेफ सन्तोष साह 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ टेलिभिजन रियालिटी शोको फाइनल चरणमा प्रवेश गरेका छन्।

'बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल चरणमा जजहरुलाई नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ मा सहित अन्तिम चरणमा पुगेका हुन्।

योमरीबाहेक सन्तोषले जजहरुको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत परिकार बनाएका थिए।

बिहीबार सहभागी ४ प्रतियोगीमध्ये उत्कृष्ट प्रदर्शन गरेपछि सन्तोष सिधै फाइनल राउन्डमा पुगेका हुन।

फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदैछ।

प्रतियोगितामा कुल ३२ व्यावसायिक सेफहरुको सहभागिता थियो।

त्यहाँबाट विभिन्न चरण पार गरी सिरहाका सन्तोष शीर्ष ६ मा पुगेका हुन।

सिरहाबाट कामका लागि भारत पसेका सन्तोषले भारतमै कुकिङ सिकेका थिए। त्यहाबाट उनी सेफकै रुपमा २०१० मा लण्डन पुगेका हुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .