अमेरिकामा दुर्घटनामा परी सिन्धुपाल्चोककी एक युवतीको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठको मृत्यु भएको हो। उनलाई त्यहाँ जिना भनेर चिनिन्थ्यो।
क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले मंगलबार बिहान ५ बजे उनलाई ठक्कर दिएको हो। ठक्करले घटनास्थलमै उनको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।
उनको दाहसंस्कार आगामी शनिबार गरिने बताइएको छ।
प्रतिक्रिया