श्रीलंकाको निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नायकेले आइतबार श्रीलंकाको राष्ट्रपतीय निर्वाचनको मतगणना दोस्रो चरणमा प्रवेश गरेको बताएका छन्।
रत्नायकेले निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको र निर्वाचन ऐन २०४८ अनुसार दोस्रो गणना आवश्यक रहेको बताएका हुन्।
नेसनल पिपुल्स पावर (एनपीपी) का अनुरा कुमारा दिसानायके र समागी जन बलवेगा (एसजेबी) का सजिथ प्रेमदासा दोस्रो चरणको मतगणनाका लागि योग्य भएका छन्।
वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिएका छन्। त्यसो त दिसानायके र प्रेमदासाबाहेक बाँकी सबै उम्मेदवार चुनावी मैदानबाट बाहिरिएका हुन्।
सबै मतगणना केन्द्रलाई दोस्रो र तेस्रो वरीयताको गणनामा गएर नतिजा आयोगमा पठाउन भनिएको उनले जानकारी दिए।
श्रीलंकाको चुनावी इतिहासमा दोस्रो चरणको मतगणना गर्नुपर्ने यो पहिलो राष्ट्रपतीय निर्वाचन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
Shares
प्रतिक्रिया