ad ad

राजनीति


रास्वपा कार्यालयमा कार्यकर्ताको बाक्लो उपस्थिति, संयमित रहन आग्रह

रास्वपा कार्यालयमा कार्यकर्ताको बाक्लो उपस्थिति, संयमित रहन आग्रह

विशाल कार्की
असोज ६, २०८१ आइतबार २२:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।

काठमाडौँको चःमतीस्थित कार्यालयमा भेला भएका नेता-कार्यकर्तालाई सजक र संयमित रहन नेतृत्वले आग्रह गरेको छ।

सभापति रवि लामिछाने पनि पार्टी कार्यालयमै छन्।

रास्वपा सभापति रवि लामिछानेका व्यापारिक साझेदार छविलाल जोशी बन्जाडे पक्राउ परेपछि रास्वपाले उपलब्ध नेता-कार्यकर्ता पार्टी कार्यालयमा जम्मा हुन सन्देश पठाएको थियो। शनिबार राति चीन भ्रमणमा गएका नेताहरूको टोली पनि स्वदेश फर्किँदै छ।

सभापति लामिछाने पनि पक्राउ पर्ने आकलन पार्टीका नेता–कार्यकर्ताहरूले गरेका छन्।

रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले नेपालखबरसँग भने, ‘आधिकारिक जानकारी केही आएको छैन। पार्टी कार्यालयको आँगन र सडकमा साथीहरूको उपस्थिति बाक्लो छ। सभापतिसहित हामी पार्टी कार्यालयमा छौँ। साथीहरूलाई सजग र संयमित हुन आग्रह छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .