ग्लोबल


कोरोनाका कारण विदेशमा थप एक नेपालीको ज्यान गयो, मृतकको संख्या १९२ पुग्यो

कोरोनाका कारण विदेशमा थप एक नेपालीको ज्यान गयो, मृतकको संख्या १९२ पुग्यो

नेपालखबर
भदौ ७, २०७७ आइतबार ६:५२,

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जेम्वर्गमा थप १ जनाको निधन भएको हो।

 समितिका अनुसार शनिबार साँझसम्म विदेशका १६ देशमा मात्रै १९२ जना नेपालीहरुको निधन भएको छ।

स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको हो।

विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ। सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरे।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका १९२ जना नेपालीहरुको ज्यान गएको हो।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ।

यस्तै नेपालमा मात्र ३१ हजार १ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये १८ हजार भन्दा बढी कोरोना मुक्त भएका छन्। संक्रमणबाट मुक्त हुने संख्याको ५९ प्रतिशत रहेको छ। नेपालमा शनिबार साँझसम्म १४६ जनाको कोरोनाका कारण ज्यान गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .