प्रविधि


टिकटकले ट्रम्पले लगाएको प्रतिबन्धविरुद्ध कानुनी उपचार खोज्दै

टिकटकले ट्रम्पले लगाएको प्रतिबन्धविरुद्ध कानुनी उपचार खोज्दै

नेपालखबर
भदौ ७, २०७७ आइतबार ६:४९,

टिकटकले यसै हप्तादेखि ट्रम्प प्रशासनलाई चुनौती दिने हिसाबले कानुनी प्रक्रिया अगाडि बढाउने अनुमान गरिएको बीबीसीले जनाएको छ।

हालै राष्ट्रपति ट्रम्पको एउटा कार्यकारी आदेशले मध्यसेप्टेम्बरदेखि टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न निषेध गरेको छ।

अमेरिकी अधिकारीहरूले टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई पठाउन सक्ने आशङ्का व्यक्त गरेका छन्। तर बाईटडान्सले त्यस्ता आशङ्का तथा आरोप निराधार रहेको बताउँदै आएको छ।

भिडियो सेयरिङ एप टिकटक हाल विश्वको एक प्रमुख मनोरन्जनात्मक एप हो। अमेरिकामा पनि यो निकै लोकप्रिय छ। अमेरिकामा टिकटकका आठ करोड सक्रिय प्रयोगकर्ता छन्।

ट्रम्प प्रशासनविरुद्ध कानुनी उपचार खोज्ने बताउँदै टिकटकले भनेको छ,‘.कानुनी शासन रहेको छ र हाम्रो कम्पनी एवम् प्रयोगकर्ताहरूलाई निष्पक्ष रूपमा व्यवहार गरियोस् भन्ने सुनिश्चित गर्न हामीसँग कार्यकारी आदेशलाई न्यायिक प्रणालीमार्फत् चुनौती दिनुको विकल्प छैन।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .