आलिया भट्ट अभिनीत बलिउड फिल्म ‘अल्फा’ गत शुक्रबारदेखि प्रदर्शनरत छ। यस फिल्मले चार दिनमा विश्वभर ६३.६० करोड भारतीय रुपैयाँ कमाएको छ। सोमबार भारतमा ३.३५ करोड भारु ग्रस कलेक्सन गरेको छ।
फिल्मले भारतमा पहिलो दिन ९.२५ करोड रुपैयाँ कमाएर गरेको थियो। शनिबार ११.५० करोड रुपैयाँ र आइतबार १३.२५ करोड रुपैयाँ कमाएको छ। तर, आइतबारको तुलनामा फिल्मको व्यापारमा उच्च गिरावट आएको छ।
भारतमा फिल्मको कुल कलेक्सन ३७.८५ करोड पुगेको छ। यशराज स्पाइ युनिभर्सका अन्य फिल्महरूको तुलनामा ‘अल्फा’ प्रदर्शन निकै कमजोर देखिएको छ।
यस फिल्ममा आलियासहित शर्वरी, अनिल कपुर, बबी देओल लगायतको अभिनय छ। साथै ऋतिक रोशनको विशेष भूमिका छ। ‘वार’ र ‘वार-२’ का लोकप्रिय पात्र मेजर कबिर धालीवालको भूमिकामा ऋतिक रोशनलाई देख्न सकिन्छ।
शिव रवैल निर्देशित फिल्ममा आलिया ‘अल्फा’ सीताको भूमिकामा छिन्। यशराज फिल्मको स्पाई युनिभर्सअन्तर्गतको यो फिल्म आदित्य चोपडाको निर्माणमा बनेको हो।
Shares

प्रतिक्रिया