ग्लोबल


आज होला त अमेरिका र इरानबिच युद्ध अन्त्य सम्झौता?

आज हस्ताक्षर हुन्छ : ट्रम्प, निश्चित भइसकेको छैन : बकाई
आज होला त अमेरिका र इरानबिच युद्ध अन्त्य सम्झौता?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ), इरानी सर्वोच्च नेता मोज्तबा खामेनी र पृष्ठभूमिमा होर्मुज स्ट्रेट।


नेपालखबर
जेठ ३१, २०८३ आइतबार ९:३६, काठमाडौँ

अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने सम्झौता आज आइतबार हुने दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।

तर इरानले हस्ताक्षरका लागि सही समय अझै तय नभएको बताएको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्ने समय अझै तय नभएको बताएका हुन्। 

उनले विज्ञप्तिमा भनेका छन्, ‘हामीले समझदारी पत्रमा हस्ताक्षर गर्ने सही समयका लागि पर्खनुपर्नेछ।’

उनले आइतबार हस्ताक्षर नहुने जिकिर पनि गरेका छन्। 

शनिबार साँझ उनले भनेका छन्, ‘यद्यपि आगामी दिनमा हस्ताक्षर हुने सम्भावनालाई नकार्न सकिँदैन। अर्को पक्षको अडानमा असंगति रहेकाले हामीले यस विषयमा कुनै अभिव्यक्ति दिँदा सावधानी अपनाउनुपर्छ।’

यद्यपि त्यसको केही घण्टापछि अमेरिकाका राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘सम्झौतामा आइतबार हस्ताक्षर हुँदै छ र हस्ताक्षर हुनेबित्तिकै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ।’

यसैबिच यस प्रक्रियामा प्रमुख मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि दुवै देश ‘इलेक्ट्रोनिक हस्ताक्षरका लागि तयारी गरिरहेको’ दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad