ग्लोबल


युद्धविराम उल्लंघन गर्दै इजरायलले लेबननमा गर्‍यो आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

युद्धविराम उल्लंघन गर्दै इजरायलले लेबननमा गर्‍यो आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

नेपालखबर
जेठ १३, २०८३ बुधबार ९:५४, काठमाडौँ

इजरायलले मंगलबार दक्षिणी र पूर्वी लेबननमा हवाई आक्रमण गरेको छ।

हमलामा बालबालिकासहित कम्तीमा ३१ जना मारिएको लेबननी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले १०० भन्दा बढी हेज्बुल्लाह स्थल तथा लडाकुलाई निसाना बनाइएको बताएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हेज्बुल्लाहविरुद्ध सैन्य कारबाही तीव्र पार्ने घोषणा गरेपछि यो हमला गरिएको हो।

मंगलबार सुरक्षा मन्त्रिपरिषद्को बैठकमा उनले इजरायलले लेबननमा आफ्नो कारबाही तीव्र पारिरहेको बताए।

उनले भने, ‘आईडीएफ (इजरायल रक्षा बल) ले जमिनमा थप शक्तिका साथ काम गरिरहेको छ र प्रमुख स्थान कब्जा गरिरहेको छ। उत्तरी इजरायलमा रहेका बस्तीलाई हेजबुल्लाहको आक्रमणबाट जोगाउन सुरक्षा क्षेत्रलाई बलियो बनाइँदै छ।’

अमेरिकाको मध्यस्थतामा इजरायल र लेबननबिच युद्धविराम घोषणा गरिए पनि दुवै पक्षले यसको उल्लंघन गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad