कतारले इरानलाई सम्झौता गर्न भनेर आफूले १२ अर्ब डलर दिने प्रस्ताव गरेको दाबी गरी प्रकाशित रिपोर्ट झुटो भएको बताएको छ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले त्यस्तो समाचार सम्झौतालाई भाँड्न चाहनेहरूले फैलाएको बताए।
यो कुरा इरान र संयुक्त राज्य अमेरिकाबिच जारी शान्ति वार्तासँग सम्बन्धित छ।
इरान कतारमा रहेको आफ्नो जम्मा भएको लगभग १२ अर्ब डलरको कोष फिर्ता चाहन्छ र केही रिपोर्टले यसैलाई सम्झौताका लागि पूर्वसर्तका रूपमा उल्लेख गरेका छन्।
तर कतारले इरानलाई कुनै पनि पैसा प्रस्ताव नगरिएको दाबी गरेको हो।
विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले एक्समा लेखेका छन्, ‘कतारले इरानलाई सम्झौतामा पुग्न १२ अर्ब डलरको प्रस्ताव गरेको दाबी गर्ने रिपोर्ट पूर्णतया असत्य छन्। यो झुटा दाबी ती व्यक्तिहरूले फैलाएका छन्, जो सम्झौता भाँड्न र जारी कूटनीतिक प्रयास कमजोर पार्न चाहन्छन्।’
उनले अगाडि लेखेका छन्, ‘यस्ता कथा अन्तर्राष्ट्रिय रूपमा शान्तिको समर्थक मानिने कतारको छवि बिगार्ने असफल प्रयास मात्र हुन्।’
Shares

प्रतिक्रिया