ग्लोबल


ट्रम्पको धम्कीपछि इरानी सेनाले भन्यो: पहिलेभन्दा अझ तम्तयार र बलियो भएका छौँ

ट्रम्पको धम्कीपछि इरानी सेनाले भन्यो: पहिलेभन्दा अझ तम्तयार र बलियो भएका छौँ

मेजर जनरल अली अब्दुल्लाही


नेपालखबर
जेठ ५, २०८३ मंगलबार २०:१६, काठमाडौँ

इरानले आफ्नो सेना पहिलेभन्दा ‘अझ बढी तयार र बलियो’ भएको दाबी गरेको छ।

इरानको सरकारी समाचार एजेन्सीका अनुसार खातम अल-अन्बिया मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले उक्त दाबी गरेका हुन्।

उनले भनेका छन्, ‘इरानको सेना सधैँ तयार छ र शत्रुको कुनै पनि आक्रमणविरुद्ध सशक्त र ठुलो मात्रामा जवाफ दिनेछ।’

इरानी सेनाको यो चेतावनी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (मंगलबार) इरानमा आक्रमण गर्ने तयारी रहेको तर खाडी मुलुकको अनुरोधमा स्थगन गरिएको बताएपछि आएको हो। 

साथै ट्रम्पले इरानसँग गम्भीर रूपमा कुराकानी भइरहेको र सहमति हुने अपेक्षा गरिएको बताउँदै स्वीकार्य सम्झौता भएन भने ‘ठुलो मात्रामा’ आक्रमण गरिने धम्कीसमेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad