ग्लोबल


पाकिस्तानले इरानलाई सैन्य विमान लुकाउन मद्दत गरेको आरोप

पाकिस्तानले इरानलाई सैन्य विमान लुकाउन मद्दत गरेको आरोप

रावलपिन्डीको नुर खान एयरबेस। गत वर्ष भारतले यही एयरबेसमा मिसाइल आक्रमण गरेको थियो। (स्रोत: गुगल अर्थ)


नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १३:५३, काठमाडौँ

अमेरिका-इरान युद्धका बेला पाकिस्तानले इरानी सैन्य विमान राख्न आफ्नो हवाई अड्डा उपलब्ध गराएको आरोप लागेको छ। 

सीबीएस न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अप्रिलमा युद्धविराम घोषणा भएको केही दिनपछि इरानले पाकिस्तानी वायुसेनाको नुर खान हवाई अड्डामा धेरै विमानहरू पठाएको दाबी गरेको हो। 

रिपोर्टमा भनिएको छ, ‘विमानमा इरानी वायुसेना आरसी-१३० विमान पनि थियो। यो गुप्तचर र निगरानी अभियानका लागि लकहिड सी-१३० हर्कुलस ट्रान्सपोर्ट विमानको संस्करण हो भन्ने विश्वास गरिन्छ।’

अर्कातर्फ पाकिस्तानले पनि उल्लिखित विमान आफ्नो हवाई अड्डामा आइपुगेको स्वीकार गरेको छ। 

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘पाकिस्तानमा रहेको इरानी विमान युद्धविरामको समयमा आएको थियो र यसको कुनै पनि सैन्य कारबाहीसँग कुनै सम्बन्ध छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad