हेजबुल्लाहसँग युद्धविराम गरे पनि इजरायलले बुधबार साँझ लेबननको राजधानी बेरुतमा हमला गरेको छ।
हेजबुल्लाहको बलियो पकड रहेको बेरुतको दक्षिणी भाग दहिएमा इजरायलले आक्रमण गरेको हो।
अनलाइनमा पोस्ट तस्बिरमा आगो र क्षतिग्रस्त भवन देखिएका छन्।
इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले विज्ञप्ति जारी गरी भनेका छन्, आक्रमण गर्न मैले नै आदेश दिएको हुँ। यो हमला विशेष रडवान फोर्सका कमान्डरलाई निसाना बनाउन गरिएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण हुँदा उक्त युनिटका सदस्यहरू बैठक गरिरहेका थिए।
यस विषयमा हेजबुल्लाहबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
इजरायलका धेरैजसो हवाई हमला दक्षिणी लेबननमा भइरहेका छन्।
इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध अड्डा र सदस्यहरूलाई लक्ष्य गरेर आक्रमण गरिएको बताएको छ।
लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार गत हप्ता भएका हमलामा देशभर महिला र बालबालिकासहित १२० भन्दा बढी व्यक्ति मारिएका छन्। यसमा हेजबुल्लाहका सदस्य पनि परेका छन्।
Shares

प्रतिक्रिया