अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने जहाज देख्नासाथ हमला गर्न आदेश दिइएको बताएका छन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘मैले अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने कुनै पनि जहाज देख्नेबित्तिकै आक्रमण गर्न आदेश दिएको छु।’
उनले अगाडि भनेका छन्, ‘यसमा कुनै हिचकिचाहट हुनु हुँदैन।’
यस्तै ट्रम्पले अमेरिकी ‘माइन स्विपर्स’ हाल होर्मुज स्ट्रेट सफा गर्ने काममा रहेको बताएका छन्।
अमेरिकाले इरानस्थित होर्मुज स्ट्रेटमा हाल नाकाबन्दी पनि गरिरहेको छ।
यहीबिच पाकिस्तानमा अमेरिका र इरानले दोस्रो चरणको वार्ता गर्ने चर्चा चलिरहेको छ।
तर इरानले वार्ताका लागि पहिले होर्मुज स्ट्रेटमा गरिएको नाकाबन्दी हटाइनुपर्ने बताइरहेको छ।
उता ट्रम्पले भने इरानले सहमति नगर्दासम्म नाकाबन्दी नहट्ने अडान लिइरहेका छन्।
जसले गर्दा दोस्रो चरण गर्ने भनिएको वार्ता अनिश्चित बनेको छ।
Shares

प्रतिक्रिया