इजरायली सेनाले आइतबार दक्षिणी लेबननमा भएको झडपमा अर्को एक सैनिकको मृत्यु भएको जानकारी दिएको छ।
बीबीसीका अनुसार झडपमा नौ इजरायली सैनिक घाइते पनि भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ।
यसअघि शनिबार पनि इजरायली सेनाले एक सैनिक मारिएको जानकारी दिएको थियो।
१० दिने युद्धविराम सुरु भएदेखि दक्षिणी लेबननमा इजरायली सैनिक मारिएको यो दोस्रोपटक हो।
अमेरिकाले शुक्रबार (अप्रिल १७ मा) युद्धविराम घोषणा गरेको थियो।
एएफपीको तथ्यांकअनुसार, इजरायल र हेजबुल्लाहबिच भएको ६ हप्ताको युद्धमा मारिएका इजरायली सैनिकको संख्या १५ पुगेको छ।
यसैबिच लेबननमा शान्ति सेनामाथि भएको आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शनिबार एक्स-पोस्टमा लेबननमा एक फ्रान्सेली सैनिक मारिएको जानकारी दिएका छन्।
लेबननमा अन्तर्राष्ट्रिय शान्ति मिसनको एक भागका रूपमा फ्रान्सेली सैनिक देशको दक्षिणी भागमा तैनाथ थियो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणको निन्दा गरेका छन्।
प्रारम्भिक अनुसन्धानबाट यो हमला सम्भवतः इरान समर्थित हेजबुल्लाहले गरेको हुन सक्ने संकेत देखिएको छ।
यद्यपि हेजबुल्लाहले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
Shares

प्रतिक्रिया