कला


दोस्रोपटक आमाबुवा बन्दै दीपिका र रणवीर

दोस्रोपटक आमाबुवा बन्दै दीपिका र रणवीर

नेपालखबर
बैशाख ६, २०८३ आइतबार १३:५४, काठमाडौँ

बलिउड अभिनेत्री दीपिका पादुकोण दोस्रोपटक आमा बन्ने भएकी छिन्।

उनले आइतबार आफ्नो दोस्रो गर्भावस्थाबारे जानकारी दिएकी हुन्।दीपिकासहित उनका श्रीमान तथा अभिनेता रणवीरको इन्स्टाग्राममा उनकी छोरी दुआले गर्भावस्था परीक्षण किट बोकेको तस्बिर सेयर गरिएको छ, जसले सकारात्मक नतिजा देखाएको छ।

तस्बिरमा रणवीरले आफ्नी छोरीलाई काखमा लिएका छन्, यद्यपि उनको अनुहार देखिँदैन। तस्बिरमा दुआको अनुहार आधा देखिन्छ। दीपिका र रणवीरको पोस्टमा धेरै सेलिब्रेटीहरूले बधाईं दिइरहेका छन्। 

सेप्टेम्बर ८, २०२४ मा पहिलो सन्तानको रुपमा छोरी दुआको जन्मको भएको थियो। दीपिका र रणवीरले धेरै वर्षसम्म सम्बन्धमा रहेपछि २०१८ मा इटालीमा विवाह गरेका थिए।

कामको कुरा गर्दा रणवीर हालै ब्लकबस्टर फिल्म 'धुरन्धर २' मा देखिएका थिए, जुन विश्वभर सबैभन्दा धेरै कमाउने तेस्रो भारतीय फिल्म बन्यो।दीपिका अब शाहरुख खानसँग 'किंग' मा देखिनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad