अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न’ दिएको समय अब ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन्।
त्यसअघि भनेको कुरा भएन भने नराम्रो हुने धम्की ट्रम्पले दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘सम्झ- मैले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न १० दिन दिएको थिएँ। त्यो समय सकिँदै छ।’
अब नराम्रो अवस्था आउन ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी उनले दिएका छन्।
यसअघि मार्च २७ मा ट्रम्पले १० दिनका लागि इरानका पावर प्लान्टमा आक्रमण स्थगन गरिएको घोषणा गरेका थिए।
246
Shares

प्रतिक्रिया