ग्लोबल


इन्डोनेसियामा शक्तिशाली भूकम्प, हजार किलोमिटर परसम्म सुनामी आउने चेतावनी

इन्डोनेसियामा शक्तिशाली भूकम्प, हजार किलोमिटर परसम्म सुनामी आउने चेतावनी

नेपालखबर
चैत १९, २०८२ बिहिबार ७:४६, काठमाडौँ

बिहीबार बिहान इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ। 

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प स्थानीय समय बिहीबार  बिहान ६:४८ बजे मुलुक्का सागरमा गएको हो।

भूकम्पको केन्द्रबिन्दु टर्नेट सहरबाट लगभग १२० किलोमिटर टाढा थियो, जुन २ लाखभन्दा बढी जनसंख्या भएको सानो तर घना बस्ती भएको टापु हो।

हवाईस्थित सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रबिन्दुदेखि हजार किलोमिटर पर इन्डोनेसिया, फिलिपिन्स र मलेसियाको तटीय क्षेत्रसम्म समुद्री छाल पुग्ने सम्भावना रहेको जनाएको छ।

भूकम्पबाट क्षतिबारे भने अहिलेसम्म कुनै जानकारी आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad