अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा सम्बोधन गरेपछि विश्व बजारमा तेलको मूल्य बढेको छ। उनले बिहीबार बिहान इरानसँग जारी युद्धका विषयमा ह्वाइट हाउसमा सम्बोधन गरेका थिए।
बीबीसी संवाददाता पिटर हकिन्सका अनुसार ट्रम्पले सम्बोधन गर्नुअघि बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १०० अमेरिकी डलर थियो।
तर ट्रम्पको सम्बोधनपश्चात् कच्चाको तेलको मूल्य झन्डै ४ प्रतिशत बढेर १०५.३८ अमेरिकी डलर पुगेको छ।
ट्रम्पले सम्बोधनका क्रममा होर्मुज स्ट्रेटका विषयमा घोषणा गर्ने अपेक्षा गरिएको थियो। तर यस विषयमा उनले कुनै अद्यावधिक जानकारी नदिएपछि तेलको मूल्य बढ्दै गएको हो।
होर्मुज जलमार्ग विश्वव्यापी अर्थतन्त्रका लागि महत्त्वपूर्ण छ। विश्वको ऊर्जा व्यापारको झन्डै २० प्रतिशत ढुवानी यही साँघुरो समुद्री मार्ग भएर गरिन्छ।
गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गरेर युद्ध सुरु गरेयता यो मार्ग लगभग बन्द गरिएको छ।
Shares

प्रतिक्रिया