ग्लोबल


रुसको सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

रुसको सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

रुसको सैन्य विमान (फाइल फोटो)


नेपालखबर
चैत १८, २०८२ बुधबार १४:१९, काठमाडौँ

रुसको रक्षा मन्त्रालयले क्रिमियामा एउटा रुसी सेनाको विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको जानकारी दिएको छ।

मन्त्रालयले रुसी समाचार एजेन्सीहरू तास र आरआईए-नोवोस्तीलाई बताएअनुसार प्राविधिक खराबीका कारण एन-२६ विमान पहाडमा ठोकिएको हो। दुर्घटनामा चालक दलका ६ सदस्य र २३ जना यात्रु गरी सबै २९ जनाको मृत्यु भएको छ। 

तासले मंगलबार स्थानीय समयअनुसार साँझ ६ बजे विमानसँग सम्पर्क टुटेको जनाएको छ। त्यसपछि खोजी गर्दा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। 

विमान १९६० को दशकको अन्त्यदेखि प्रयोगमा छ र यो धेरैपटक घातक दुर्घटनामा परेको छ। 

२०२० मा युक्रेनको खार्किभमा यो विमान दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो भने २०२१ मा रुसको सुदूरपूर्वमा दुर्घटना हुँदा २८ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad