ग्लोबल


अमेरिकाले इरानको हतियार भण्डारमा गर्‍यो भीषण आक्रमण (भिडिओ)

अमेरिकाले इरानको हतियार भण्डारमा गर्‍यो भीषण आक्रमण (भिडिओ)

नेपालखबर
चैत १७, २०८२ मंगलबार १०:३१, काठमाडौँ

अमेरिकाले इरानको इस्फहानमा रहेको एक प्रमुख हतियार डिपो (भण्डार) मा हवाई आक्रमण गरेको छ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सोमबार राति २ हजार पाउन्डको बंकर-बस्टर बम प्रयोग गरी अमेरिकाले इरानमा हमला गरेको हो। 

उक्त पत्रिकाले अमेरिकाका एक अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘ठुलो मात्रामा हतियार र सैन्य उपकरण भएको डिपोलाई निसाना बनाइएको छ।’

बंकर-बस्टर बमहरू सुदृढ र भूमिगत लक्ष्य नष्ट गर्न प्रयोग गरिन्छ।

आक्रमणपछि डिपोमा भण्डारण गरिएका हतियार विस्फोट भएका छन्।

 जसले गर्दा घटनास्थलमा भीषण आगलागी भएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमा विस्फोटको भिडिओ सार्वजनिक गरेका छन्। 

यसबिच वाल स्ट्रिट जर्नलमै ‘होर्मुज जलमार्ग नखोलिँदै ट्रम्प इरानविरुद्धको युद्ध अन्त्य गर्न तयार भएको’ रिपोर्ट पनि प्रकाशित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad