चितवनको राप्ती नगरपालिका-३, झुरझुरे पञ्चकन्या टोलस्थित गोठमा आगलागी हुँदा दुहुनो गाई मरेको छ।
स्थानीय नवराज बयलकोटीको घरबाट करिब सय मिटर पूर्व रहेको जस्ता र काठले बनेको दुईपाखे गाई बाँध्ने गोठमा सोमरबार राति एक्कासि आगलागी भएको हो।
बिजुलीको तार सट भएर आगलागी हुँदा गोठमा रहेको दुहुनो गाईको मरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार आगलागीका कारण गोठभित्रका पराल, दाउरालगायत सबै सामान जलेर नष्ट भएका छन्।
गाईसँगै बाँधिएका केही बाख्रा पनि घाइते भएका छन्।
63
Shares

प्रतिक्रिया