ग्लोबल


ट्रम्पले ट्रुथ सोसलमा राखे इरानमा गरिएको पछिल्लो आक्रमणको भिडिओ

ट्रम्पले ट्रुथ सोसलमा राखे इरानमा गरिएको पछिल्लो आक्रमणको भिडिओ

नेपालखबर
चैत १७, २०८२ मंगलबार १०:१४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भएका पछिल्लो आक्रमण देखाउने भिडिओ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गरेका छन्। 

तर ट्रम्पले भिडिओका साथमा कुनै क्याप्सन लेखेका छैनन्। 

यद्यपि सामाजिक सञ्जालमा भिडिओ इरानको इस्फहान सहरमा गरिएको आक्रमणको भएको दाबी गरिएको छ। 

यसअघि सोमबार मात्र राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको प्रशंसा गर्दै लामो समयदेखि खोजिएको इरानी लक्ष्यमा प्रहार गर्न सफल भएको दाबी गरेका थिए। 

उनले लेखेका थिए, ‘इरानमा एक ठुलो दिन। हाम्रो महान् सेनाले धेरै लामो समयदेखि खोजिएको लक्ष्य नष्ट गर्‍यो। हाम्रो सेना संसारको सबैभन्दा राम्रो र सबैभन्दा शक्तिशाली छ।’

यसैबिच अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले भने होर्मुज स्ट्रेट नखोलिँदै ट्रम्प इरानविरुद्धको युद्ध अन्त्य गर्न तयार रहेको समाचार लेखेको छ।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरेयता मध्यपूर्वभरि नै युद्ध जारी छ। 

पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा अधिकारी मारिएका थिए भने त्यसयता सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। 

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको बताइएको छ।

त्यसो त इरानको आक्रमणबाट पनि इजरायल तथा अमेरिकी आधार रहेका खाडीका देशहरूमा मानवीय तथा भौतिक क्षति भएका छन्।

यद्यपि यसबिच अमेरिकाका राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग वार्ता भइरहेको दाबी पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad