ग्लोबल


‘मध्यपूर्वमा सयौँ अमेरिकी सैनिक तैनाथ’

‘मध्यपूर्वमा सयौँ अमेरिकी सैनिक तैनाथ’

यूएसएस त्रिपोली जहाज (फाइल फोटो)


नेपालखबर
चैत १७, २०८२ मंगलबार ६:३, काठमाडौँ

अमेरिकी नेभी सिल्स (विशेष बल), आर्मी रेन्जर्स र प्याराट्रूपरहरू मध्यपूर्वमा पुगेको बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएसले जनाएको छ। 

रिपोर्टअनुसार मध्यपूर्वमा तैनाथ अमेरिकी विशेष बलमा सयौँ नेभी सिल र आर्मी रेन्जर्स छन्। साथै अमेरिकी मरिन र प्याराट्रूपर पनि छन्।

स्रोतलाई उद्धृत गर्दै सीबीएसले अमेरिकी सेनाको तैनाथी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानको सम्बन्धमा विकल्प दिन हो।

विकल्पअन्तर्गत होर्मुज स्ट्रेट खोल्ने, खार्ग टापुबाट तेल निकाल्ने वा इरानको समृद्ध युरेनियम भण्डार नियन्त्रण गर्नेजस्ता कार्य हुन सक्छन्। 

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको जनाइएको छ। 

यसअघि शनिबार अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले ३ हजार ५०० नाविक र मरिन युद्धपोत यूएसएस त्रिपोलीमा चढेर मध्यपूर्व पुगेको बताएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad