इजरायलको अग्नि तथा उद्धार सेवाले हाइफा सहरमा रोकिएको क्षेप्यास्त्रको भग्नावशेषले बाजान तेल प्रशोधन केन्द्रको इन्धन ट्याङ्करमा आगो लागेको बताएको छ।
रोयटर्सका अनुसार सोमबार जारी विज्ञप्तिमा अग्नि नियन्त्रकहरूले आगो निभाउँदै फसेका मानिसहरूको खोजी गरिरहेका छन्।
इजरायली टेलिभिजन र इरानी सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा हाइफाको तेल प्रशोधन केन्द्रबाट धुवाँ निस्किरहेको देखिन्छ।
मिसाइल कहाँबाट प्रहार गरिएको थियो भन्ने कुरा स्पष्ट नभए पनि युद्ध सुरु भएदेखि नै इजरायलमा इरान र लेबननबाट हेजबुल्लाहले निरन्तर आक्रमण गरिरहेका छन्।
यसअघि इरानको सरकारी सञ्चारमाध्यमले इरानी क्षेप्यास्त्रले उत्तरी इजरायलको औद्योगिक क्षेत्रलाई निसाना बनाएको दाबी गरेको थियो।
498
Shares

प्रतिक्रिया